काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । दिनभरमा १६ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा झण्डै २ अंकले मात्र बढेर बन्द भएको हो ।
बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा पुगेको छ । सूचकमा झिनो वृद्धि भए पनि कारोबार रकम भने ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्बले बढेर ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ समूहको घटेको छ । फाइनानस समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ भने व्यापार समूह ०.९१ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३९ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीइडीबी होल्डिङस्को ३७ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा पनि आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।