काठमाडौं । प्रभु बैंक लिमिटेड र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड बीच किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्तक्षर गरे ।
प्रभु बैंकले हाल देशभरका ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रभु बैंक हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको थियो । त्यस्तै, फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।