काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९.४५ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आवको पुस मसान्तसम्म ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ धेरै । कम्पनीले गत वर्ष सोही अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ संचित छ भने अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ छ । त्यस्तै, महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ छ।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ०.९९ रुपैयाँले बढेर ११.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.५१ रुपैयाँ रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।