काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १७.०१ प्रतिशतले बढेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ करोड ७७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ बढी हो। गत आवको सोही अवधिमा लघुवित्तले ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्त खुद ब्याज आम्दानी घटे पनि संचालन मुनाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.२३ प्रतिशत घटेर ९६ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, संचालन मुनाफा ६.८४ प्रतिशतले बढेर ७५ करोड २७ लाख पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ८२ करोड निक्षेप संकलन र १९ अर्ब ५२ करोड सापटी लिई वित्तीय संस्थाहरुलाई कुल ३३ अर्ब ४८ करोड कर्जा लगानी गरेको छ ।
हाल ४ अर्ब ३१ करोड चुक्ता पूँजी रहेको सेयर प्रिमियममा १ करोड ८२ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ५४ करोड र जगेडा कोषमा ४ अर्ब ९ करोड रुपैयाँ संचित छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७६ पैसा बढेर २४.०१ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३१.१८ रुपैयाँ र खराब कर्जा बढेर २.२७ प्रतिशत पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।