काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (माघ २५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै हिमालयनको लाभांश पाउने छन् ।
कम्पनीले गत आवको नाफाबाट १४ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीको फागुन ११ गते १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।