add

रवि लामिछानेमाथि अत्याचार गरिएको कुरा स्थापित भइसक्यो : वाग्ले






ActPro Nepal

|

१८ माघ, २०८१

|
9

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले आफूहरूका लागि पछिल्ला चार महिना अप्रिय भएको बताएका छन्।


शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'हाम्रा लागि पछिल्ला चार महिना अप्रिय छन्,' उनले भने।

उनले पार्टी सभापति रवि लामिछानेमाथि सिङ्गो राज्य खनिएको बताएका छन्। 'पहिले थुन्ने अनि प्रमाण खोज्ने चरित्र पनि देखियो। तेरो सेँखी झार्ने नै हो भनेर लागियो। रवि लामिछानेमाथि अत्याचार गरिएको हो भन्ने कुरा स्थापित भइसक्यो,' उनले भने।

यस्तै उनले अहिले देखिएका सबै काण्डहरूमाथि छानबिन हुनुपर्ने माग गरे। अब पार्टीले त्यही विषय उठाउने उनले बताए। 'गिरीबन्धुदेखि कम्बोडियासम्म सबै-सबै काण्डको छानबिन हुनुपर्छ,' उनले भने।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.