ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको हो।
बैठकले घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति पनि गर्ने निर्णय गरेको गरेको छ।
पाथीभरामा सोमबार केबुलकार निर्माणको विषयमा विवाद स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए। त्यस्तै भागदौडमा एक जना गम्भीर घाइते भएका थिए।
पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।
घटनाबारे मंगलबार गृहमन्त्री रमेश लेखकले आइजिपी वसन्त कुँवरसँग पनि ब्रिफिङ लिएका थिए।
मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन्।
घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।