काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी)अन्तर्गतका चार परियोजना स्थगित गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै कुनै यूएसएआइडीबाट प्राप्त हुने अनुदानमा संचालित चार आयोजनाको दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई आग्रह गरेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार यूएसएड र नेपाल सरकारबीच ५ मे २०२२ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरू स्थगित भएको छ ।
स्थगित भएका आयोजनाहरूमा यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एजुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएड इन्क्लुसिभ पोलिसि डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् ।
यूएसएआइडी नेपालले यी प्रोजेक्टमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै सबै खाले वैदेशिक अनुदान रोकेका थिए । त्यसैको असर नेपालमा पनि परेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।