add

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० सदस्य मनोनयन






ActPro Nepal

|

१४ माघ, २०८१

|
80

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई–मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा आज १० सदस्य मनोनय गरेका हुन्।

मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह,  कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विभागले तराई–मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी संगठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.