add

आज दुईवटा संसदीय समितिको बैठक बस्दै






ActPro Nepal

|

१४ माघ, २०८१

|
122

काठमाडौं । सोमबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ ।

जसअनुसार आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूचि छ । 

यसैगरी राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकम पनि बस्दै छ । बिहान ११ बजे बस्ने लागेको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.