काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बारे बार्गेनिङ भइरहेको छ भन्ने सुनिएको बताएका छन् ।
उनले मंगलबारको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि ठूलो चलखेल र बार्गेनिङ भइरहेको भन्ने खबर सुन्नमा आएको बताएका हुन् ।
‘नयाँँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने कुरा आएको छ । यसमा धेरै ठूलो-ठूलो खेल भइरहेको छ भन्ने सुनिन्छ,’ केसीले भने ।
उनले अहिलेको स्टक एक्सचेञ्जले धान्न नसकेको हो भनेर प्रश्न समेत गरे । ‘अर्को स्टक एक्सचेञ्ज बन्ने के कारणले हो ? एउटाले किन धान्न सकेन ? यसको यथार्थ के हो थाह छैन ? इन्डिया जस्तो देशमा पनि २ वटा मात्र स्टक एक्सचेञ्ज छ, भने नेपाल जत्रो देशमा अर्को राख्नु पर्ने के कारण हो ? किन चाहियो २ वटा स्टक एक्सचेञ्ज ? यसमा धेरै ठूला बार्गेनिङ र हात छ भन्ने सुनिन्छ । यसबारे समितिले जवाफ लिनुपर्छ ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।