add

नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री डा.राणाको बधाई






ActPro Nepal

|

८ माघ, २०८१

|
198

काठमाडौं ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको नवनियुक्त विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन्। 

मन्त्री डा.राणाले सामाजिक सञ्जाल एक्समार्फत संयुक्त राज्य अमेरिकाको ७२औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेकी हुन्। 

बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको राणाले एक्समा उल्लेख गरेकी छिन्। 

रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन्। रुबियोको नियुक्तिको प्रस्तावलाई अमेरिकी सिनेटले ९९ मतले अनुमोदन गरेको हो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.