add

आदिवासी जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन राष्ट्रपतिको आग्रह






ActPro Nepal

|

८ माघ, २०८१

|
145

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गरेका छन्। 

राष्ट्रपति पौडेलले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरूका आदिकविको नाम र शालिक उपलब्ध भएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए। 

मंगलबार शीतलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्नेक्रममा यस्तो आग्रह गरेका हुन्। आदिवासी, जनजाति समुदायभित्र रहेका आदिकविहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन्। 

राष्ट्रपति पौडेलले चार सय रोपनी जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको बताए। त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने जानकारी पनि उनले दिए। 

‘त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरू त्यहाँ रहन्छन्। भानुभक्तसहित सबै भाषाका आदिकविको मूर्ति रहन्छ। त्यो को–को हुन्, मगर, राई भाषाका आदिकवि उहाँहरूको नाम र मूर्ति चहियो,’ राष्ट्रपति पौडेलले भने। 

प्रतिवेदन बुझ्नेक्रममा राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवद्र्धन एवम् विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानुनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको पनि बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.