काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ ।
बोर्डले माघ ३ गते क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मास्युटिकल्सलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
क्रेष्ट माइक्रो लाइफले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।
क्रेष्ट माइक्रो लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, बोर्डले ओम मेगाश्री फार्मास्युटिकल्स १८ लाख कित्ता आइपीओ जारी गर्न अनुमति दिएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न स्वीकृति पाएको हो ।
यससँगै ओम मेगाश्री आइपीओ जारी गर्न अनुमति पाउने पहिलो औषधि कम्पनी बनेको छ ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।