add

रवि लामिछानेलाई काठमाडौं अदालतले पठायो प्रहरी हिरासतमा






ActPro Nepal

|

२९ पुष, २०८१

|
60

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासत पठाइएको छ। 

स्वर्णलक्ष्मी सहकारीको अपचलन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आइतबार थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाएर हिरातमा पठाइएको हो।

जिल्ला अदालत काठमाडौंमा आज लामिछानेको बयान मात्रै भएको हो। थुनछेक बहस भने भोलिदेखि सुरू हुनेछ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्न आदेशमा भनेको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकणमा ८२ दिन हिरासतमा बसेर रवि बिहीबार मात्र धरौटीमा छुटेका थिए। प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो।

सहकारी ठगी प्रकरणमै रविमाथि चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा चलाउने तयारी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.