add

मन्त्रालयले सोधेको स्पष्टीकरणमा कुलमानले बुझाए जवाफ






ActPro Nepal

|

२९ पुष, २०८१

|
53

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रो तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।

मन्त्रालयले यसअघि ९ बुँदे स्पष्टीकरण सोध्दै ७ दिनभित्र बुझाउन भनेको थियो।

घिसिङले कार्यसम्पादनसम्बन्धी विवरण नबुझाएको, सरकारी निकायमा बसेर नोट अफ डिसेन्ट लेखेको लगायतका आरोपसहित पुस २२ गते स्पष्टीकरण सोधेको थियो।

घिसिङले कार्यसम्पादनमा उच्च अकं प्राप्त गरेको, चार वर्षका लागि नियुक्त भएकाले सरकारले हटाउन नमिल्नेलगायत दाबी गरेका छन् । 

कार्यकारी निर्देशक घिसिङले बिहीबार मात्रै गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंकको दाबी गरेका थिए।

घिसिङ २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटकका लागि नियुक्त भएका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.