काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन वृद्धि भएको छ । गत बुधारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ६ दिनमा नेप्से ७६ अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब २ करोड रुपैयाँले बढेर ६ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशतले बढेको छ भने व्यापार १.५६ प्रतिशतले घटेको छ ।
आज सिन्धु विकास बैंकको सर्वाधिक २२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा २ कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स र सिन्धु विकास बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।