add

ङादी ग्रुप पावरको हकप्रद सेयर खुल्यो, कहाँबाट दिने आवेदन ?






ActPro Nepal

|

२३ पुष, २०८१

|
187

काठमाडौं । ङादी ग्रुप पावरले आज (कार्यालय समय)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्त पूँजीको शत प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । ङादीको हकप्रद सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनाका लागि मंसिर १८ गते बुक क्लोज गरेको थियो । सो अनुसार मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयरबाट प्राप्त हुने पैसा कम्पनीले आयोजनाको मर्मत संभार गर्न, बैंकको ऋण तिर्न र नयाँ आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.