add

‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र चाहिएको छ’






ActPro Nepal

|

२१ पुष, २०८१

|
188

काठमाडौ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरुको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरुले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ’ उनले भने, ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन्। लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धनमार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ।’ 

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए।

सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए।

दिनमा १८ घण्टासम्म लोडसेडिङ भित्तामा लोडसेडिङको तालिका टाँसेर आफ्नो उद्योग व्यवसाय सञ्चालनको समय पर्खनुपर्ने जर्जर अवस्थालाई अन्त्य गर्दै आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसोडिङमुक्त उज्यालो नेपालको थालनी गरेको उनले बताए।

‘नेपालको अर्थतन्त्र सुधारका लागि यो ऐतिहासिक कोशेढुंगा थियो भन्नेमा आम उद्योगी व्यवसायीहरु जानकार नै हुनुहुन्छ। मेरो दोस्रो कार्यकालकै परिणामको स्मरण गर्दा चौधौं राष्ट्रिय योजनामा लक्ष्यभन्दा बढी ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनु महत्वपूर्ण प्रगति थियो,’ उनले भने।

अध्यक्ष दाहालले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्वपूर्ण राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रुपमा अघि बढाएको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.