add

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ मा हुने






ActPro Nepal

|

१८ पुष, २०८१

|
26

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुनमा गर्ने भएको छ। 

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा हुने बताए।

आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगार योग्य वातावरण सिर्जनाका लागि अन्तर–तह÷अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने सम्मेलनका प्रमुख उद्देश्य रहेको सचिव घिमिरेले बताए। 

उनले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनउपर समेत सम्मेलनमा सफल हुने बताए।

यस्तै, सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवद्र्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने उनले बताए। 

उनका अनुसार रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्वन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता÷विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी यो सम्मेलनमा ५ सय जनाको सहभागिता रहनेछ। 

स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइनेछ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.