add

सहकारी ठगी प्रकरणमा रवि र छविसहित सातै जनाको बयान सकियो, थुनछेक बहस आजैबाट






ActPro Nepal

|

१६ पुष, २०८१

|
78

कास्की ।  सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसहित सातै जनाको बयान सकिएको छ। 

कास्की जिल्ला अदालतमा रवि र छविसहित ७ जनाको पुस ७ गतेबाट बयान सुरु भएको थियो। जसमा रवि र छविसँगै जिबी राईका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरूङ, सूर्यदर्शन सहकारीका पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक कृष्णबहादुर गुरूङसँग बयान लिइएको गियो।

बयानसकिएसँगै आजैबाट थुनछेक बहस सुरु भएको छ। 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले मुद्दा दायर गरेको थियो ।

रविमाथि भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ भने रविसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा तथा रविसहित १९ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दायर भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.