काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एकैपटक ७ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, जीवन विकास लघुवित्त र चिलिमे हाइड्रोपावरको मूल्य समायोजन गरेको हो ।
यी कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कृषि विकास बैंकको नयाँ सेयर मूल्य ३२४.१७ रुपैयाँ कायम भएको छ । कृषिले वितरण गर्ने ३ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको छ । ६३५.३९ रुपैयाँ तोकिएको छ।
नेप्सेले महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो। महालक्ष्मीको नयाँ सेयर मूल्य ३७७.६७ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, छिमेक लघुवित्तको ८ प्रतिशत बोनसका आधारमा ८६१.२० रुपैयाँ, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनसका आधारमा ५७१५.५४ रुपैयाँ, जीवन विकास लघुवित्तको १४ प्रतिशतको आधारमा १ हजार ३७८.०७ रुपैयाँ र चिलिमेको १० प्रतिशत बोनसको आधारमा ५१८.१८ रुपैयाँ नयाँ सेयर मूल्य तोकिएको छ ।
अब मंगलबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरूको कारोबार खुल्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।