add

सेयर बजारबाट लगानीकर्तासँगै सरकार पनि फाइदामा, ३७ प्रतिशतले बढ्यो आम्दानी






ActPro Nepal

|

५ पुष, २०८१

|
74

काठमाडौँ। सरकारले मंसिरमा सेयर बजारबाट हालसम्मकै उच्च पुँजीगत लाभकर उठाएको छ । पछिल्लो समय सेयर बजार बढ्दै गएपछि सरकारले पाउँने पुँजीगत लाभकर पनि बढेको हो  ।

कात्तिकको तुलनमा सेयर कारोबारबाट प्राप्त हुने पूँजीगत लाभकर ३७.४३ प्रतिशतले बढेको हो ।

सीडीएस एण्ड क्लियरिङका अनुसार मंसिर महिनामा सेयर कारोबारबाट कुल १ अर्ब ४ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त भएको छ । यो कात्तिकको तुलनामा साढे २८ करोड रुपैयाँ धेरै हो । कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

कात्तिकको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्दा पूँजीगत लाभकरमा पनि सुधार आएको हो । मंसिर महिनामा नेप्से परिसूचक झण्डै २५० अंकले बढेको थियो भने कारोबार रकम दैनिक १० अर्ब रुपैयाँसम्म पुगेको थियो । कात्तिकमा तिहारका कारण सार्वजनिक बिदा हुँदा पनि कारोबार कम भएको थियो ।

सीडीएसका अनुसार मंसिरमा अल्पकालीन लगानीकर्ताले दीर्घकालीन लगानीकर्ताको तुलनामा दोब्बर धेरै कर तिरेका छन् । यस महिना अल्पकालीन लगानीकर्ताले ६४ करोड २७ लाख रुपैयाँ र दीर्घकालीन लगानीकर्ताले ३१ करोड रुपैयाँ पूँजीगत लाभकर तिरेका छन्।

चालु आवको ५ महिनामा सेयर कारोबारबाट सरकारले ९ अर्ब २० करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । जसमा साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो । त्यस्तै, भदौमा २ अर्ब ५८ करोड रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख रुपैयाँ र कात्तिकमा ७६ करोड पूँजीगत लाभकर संकलन भएको छ ।

सरकारले यसअघि आर्थिक वर्ष २०७७/७८ मा इतिहासकै धेरै १४ अर्ब ६ करोड रुपैयाँ पूँजीगत लाभकर सङ्कलन गरेको थियो।

लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ ।

हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.