add

पुसमा अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर,कसको कति ?






ActPro Nepal

|

२ पुष, २०८१

|
163

काठमाडौं । कात्तिक महिनाका लागि निक्षेपमा अधिकांश वाणिज्य बैंकहरूले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकले निक्षेपको ब्याजदर बढाएका छन् भने ३ बैंकले घटाएका छन् ।

२०८० कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले पुसमा भने स्थिर राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका थिए ।

ब्याजदर निकै सस्तिएपछि बैंकहरूबाट निक्षेप बाहिरिन थालेको छ । त्यसैलाई मध्येनजर गर्दै अधिकांश बैंकहरूले पुसमा पनि मंसिरकै ब्याजदर कायम राखेका हुन् ।

बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।

कर्जाको माग बढ्न नसक्दा महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता छ । चालु आवको ४ महिनामा बैंकहरूले जम्मा सवा १ खर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।

मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसतमा व्यक्तिगततर्फ ०.०४६ प्रतिशत बिन्दुले बढेको छ भने संस्थागततर्फ ०.११ प्रतिशत बिन्दुले घटेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७ प्रतिशत रहेकोमा पुसमा बढेर ६.०१ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर मंसिरमा ४.६४ प्रतिशत रहेकोमा पुसमा घटेर ४.५२ प्रतिशतमा झरेको छ ।

पुसका लागि ३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । एनआइसी एशिया, सानिमा र नेपाल बैंकले ब्याजदर घटाएका छन् । नेपाल बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा धेरै ०.३५ प्रतिशत बिन्दुले घटाएको छ ।

त्यस्तै, पुसमा एनएमबी, कृषि विकास र प्राइम कमर्शियल बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । जसमा नेपाल बैंकले ०.३५ एनएमबीले सबैभन्दा धेरै १.०३ प्रतिशत बिन्दुले बढाएको छ ।

पुसमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.१ प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनएमबीले सर्वाधिक ६.६ प्रतिशत ब्याजदर दिने भएको छ भने लक्ष्मी सनराइजले सबैभन्दा कम ५.५ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर २०८० कात्तिकदेखि लगातार ब्याजदर घटाउँदै आएका छन् ।

बैंकहरुले यसअघि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले औसत बेसरेट ७ प्रतिशतमा झरिसकेको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि निकै घटेको छ ।

२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । त्यसअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.