add

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सीईओ नियुक्त






ActPro Nepal

|

२५ मंसिर, २०८१

|
255

काठमाडौं । विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन्।

नेपालमा संचलनमा आएको ४० वर्षपछि चार्टर्डमा पहिलोपटक नेपालीलाई सीईओ बनाइएको हो । नेपालमा चार्टर्ड बैंक सन् १९८७ देखि संचालनमा आएको थियो ।

हालका सीईओ अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो। सीईओमा नियुक्त हुनु अघि बैंकमा राणा डेपुटी सीईओको रहेका थिए। उनले अमेरिकाबाट एमबीए गरेका हुन् ।

राणाले तत्कालीन ग्रीनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । उनी सन् १९९४ देखि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध भएका थिए । उनले बैंकमा विभिन्न डिपार्टको नेतृत्व सम्हालेका थिए ।

राणा दिवंगत राजा वीरेन्द्र शाहका ज्वाइँ हुन्। उनको श्रीमती श्रुती राज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा मृत्यु भएको थियो।

चार्टर्ड २० वटा मध्ये सबैभन्दा कम चुक्ता पूँजी हुने वाणिज्य बैंक हो । यसको पूँजी १० अर्ब ४ करोड रुपैयाँ मात्र छ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक पनि हो । यसको अन्तिम कारोबार सेयर मूल्य प्रतिकित्ता ६४४ रुपैयाँ छ ।

चुक्ता पूँजी थोरै भए पनि चार्टर्ड व्यवसायमा भने अब्बल छ । चालु आवको कात्तिकसम्म बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.