add

मंसिर ७ देखि ८ हिसान तारकेश्वर फुट्सल प्रतियाेगिता आयाेजना हुने






ActPro Nepal

|

६ मंसिर, २०८१

|
136

काठमाडौं । हिसान तारकेश्वरको आयोजनामा आगामी मंसिर ७ र ८ गते फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । 

प्रतियोगिता  प्रारम्भ वल्र्ड स्कुलको फुट्सल मैदानमा सम्पन्न हुनेछ ।

तारकेश्वर स्थित प्रारम्भ वल्र्ड स्कुलको संयोजनमा तारकेश्वरमा प्लस टु सञ्चालित विद्यालयहरुको संलग्नतामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस बर्षको फुटसल प्रतियोगितामा तारकेश्वर नगरपालिका अन्तरगत सञ्चालनमा रहेका ८ ओटा प्लस टु स्तरीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच प्रतिष्पर्धामा हुनेछ ।

प्रतियोगितामा ब्वायज तर्फ ८ टिम र गल्र्स तर्फ ६ टिम सहभागि हुँदैछन् ।

फुट्सल प्रतियोगितामा प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, सृजना ज्ञानसागर स्कुल, कौशल ईङ्गिलस स्कुल, लालिगुराँस नेशनल एकेडेमी, हिमरश्मी हाई स्कुल, सेक्रेट हार्ट स्कुल, एन्जल हार्ट स्कुल र ल्याण्डमार्क एकेडेमी सहभागि हुँदैछन् ।

प्रेस विज्ञप्ति मार्फत फुट्सल आयोजना गर्नुको उद्देश्य विद्यालय शिक्षामा विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने रहेको बताइएको छ ।

‘हिसान तारकेश्वर फुटसल प्रतियोगिता–२०८१’ को लागि लागत १ लाख ५० हजार अनुमान गरिएको छ भने टिम दर्ता शुल्क मार्फत ५८ हजार रुपियाँ श्रोत व्यवस्थापन हुने थप रकम खेल संयोजक विद्यालय प्रारम्भ वल्र्ड स्कुलले व्यहोर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनले खेलमा सहभागि विद्यार्थीले सिकाईलाई मुख्य पहिलो प्राथमिकतामा राखेर मैत्रीपूर्ण तवरले नियमहरु पूर्ण रुपमा अवलम्बन गरेर खेलमा सहभागि हुनुपर्नेमा जोड दिनुभयो ।

फुटसल संयोजक विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले विद्यार्थीलाई पाठ्यक्रम र अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासलाई विशेष महत्व दिँदै आएको बताउनुभयो । सोहीबमोजिम आफूहरुले समय–समयमा यस किसिमका गतिविधिहरु नियमित रुपमा आयोजना गर्दै आइरहेको ऊहाँले बताउनुभयो ।

साथै विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासको माध्यमबाट विद्यार्थीलाई रचनात्मक बनाउँदै प्रतिष्पर्धी क्षमता विकासका लागि तयार पार्ने उद्देश्य अनुरुप आफूहरुले निरन्तर पहल गर्दै आएको ज्ञवालीले बताउनुभयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.