add

बाढीपहिरोको कारण बीमा कम्पनीमा ११ अर्ब रूपैयाँ दाबी, ६१ करोड भयो भुक्तानी






ActPro Nepal

|

४ मंसिर, २०८१

|
120

काठमाडौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९३० रूपैयाँ बराबरको बीमा दाबी गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड ७ लाख ९३ हजार ३८७ रूपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । बीमा दाबी गर्दै ३ हजार ४१८ वटा निवेदन प्राप्त भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा ५०१ दाबीका आवेदन परेका छन् । दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १७६, सगरमाथा लुम्बिनीमा ३७७, हिमालयन एभरेष्ट २४३, नेकोमा २१९, युनाइटेड अजोडमा ३२३, सानिमा जीआइसीमा २१७, आइजीआई प्रुडेन्सियलमा २९६ दाबी परेका छन् ।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा १७२, नेपाल इन्स्योरेन्समा १७६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बीमा कम्पनीमा १०७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चाररचार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ२ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

कूल १ हजार ६५३ वटा सम्पत्ति बीमा दाबी गरिएकामा ३९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बीमा दाबी रू. ८ अर्ब ७५ करोड ८७ लाख ५१ हजार २३४ भएकामा रू. ४६ करोड ७० लाख ९७ हजार ७८० मात्रै भुक्तानी भएको छ ।

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०४ वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरूले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ३८ वटाको रू. ३ करोड ११ लाख २८ हजार ५५५ मात्रै भुक्तानी भएको छ ।

मोटर बीमा निजीतर्फ ८८७ दाबी परेकामा २८० को रू. ६ करोड १६ लाख ९७ हजार ५८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बीमा सार्वजनिकतर्फ ३५० दाबी हुँदा ९१ वटाको रू. ४३ करोड २ हजार १७७ बराबरको भुक्तानी भएको छ ।

पुशपन्छी बीमा ५१ दाबी पर्दा २१ वटाको रू. २४ लाख ९२ हजार ८५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए । त्यस्तै, सामुद्रिक बीमा २२ को दाबी पर्दा २ को भुक्तानी भएको छ । कृषिबाली बीमातर्फ १३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार कोसी प्रदेशमा २५१, मधेसमा १०१, वाग्मतीमा २ हजार ९६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बीमा दाबी भएको छ ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.