add

वायुसेवाको जहाज सी–चेकपछि काठमाडौं आइपुग्यो






ActPro Nepal

|

४ मंसिर, २०८१

|
112

काठमाडौँ । नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सी–चेकपश्चात् सोमबार काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु) को जहाज नियमित सी–चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (ईएसा) र संघीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरू ईयूमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरू युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताए ।

उक्त जहाजसहित निगमका चारवटै जहाजहरूले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरूमा नियमित उडान गरेसँगै यात्रुहरूलाई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.