काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । बैंकले शनिबार काठमाडौँको गोकर्ण रिसोर्टमा गल्फ प्रतियोगिता सम्पन्न गरेको हो ।
‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो ।
प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन (1 ton CO2e Emission) उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो ।
यद्यपि, बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ।
साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १/१ बिरुवा पनि प्रदान गरिएको थियो।
एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।
उक्त प्रतियोगितामा आत्माराम सिम्खडा (४३ अंक) विजेता बने । त्यस्तै, आशिष लाल श्रेष्ठ (४२ अंक) उपविजेता, उत्कृष्ट ग्रस टाशी छिरिङ (३८ अंक) वरिष्ठ श्रेणी विजेता तुलसी भट्ट (४० अंक)महिलातर्फ विजेता तारा कार्की चित्रकार (३५ अंक) र उपविजेता सुमित्रा खड्का (३० अंक) बने ।
विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।
यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ। कार्बन फुटप्रिन्ट न्युनिकरण र पर्यावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई #OrangeLovesGreen अभियानसँग एकीकृत गरिरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ ।
बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरुले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरीरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।