काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घटबढ् भएको छैन। अर्थात् आइतबारकै विनियम दरमै यी मुद्राको कारोबार हुनेछ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य भने आज घटेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा छ। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।