add

सेयर खरिदमा सञ्चय कोष आक्रमक, ३९ अर्ब लगानी






ActPro Nepal

|

२ मंसिर, २०८१

|
193

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न कम्पनीहरूको धितोपत्रमा लगानी ह्वात्तै बढाएको छ । पछिल्लो १ वर्षमा कम्पनीले धितोपत्रमा लगानी २९.७१ प्रतिशतले बढाएको छ ।

कोषले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१ असोज मसान्तसम्मा धितोपत्रमा ३९ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ९ अर्ब ९ करोड रुपैयाँ धेरै हो । गत वर्ष असोजसम्म कोषले धितोपत्रमा ३० अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको थियो ।

कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।

त्यस्तै, गत असोज मसान्तसम्म कोषको बैंक तथा वित्तीय संस्थामा मौज्दात रकम १ खर्ब ७२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । १ वर्षमा कोषले ५ अर्ब बैंक मौज्दात बढाएको छ । । २०८० असोज मसान्तसम्म कोषको मौज्दात १ खर्ब ६७ अर्ब ९० करोड रुपैयाँ थियो ।

कोषका अनुसार गत असोजम सान्तसम्म २ खर्ब ६८ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको छ । त्यस्तै, कोषले परियोजना तथा संगठित संस्थाहरूलाई ८७ अर्ब ४७ करोड कर्जा तथा सापटी प्रदान गरेको छ ।

त्यस्तै, कोषमा सञ्चयकर्ताको सञ्चय कोषमा ५ खर्ब २६ अर्ब ८५ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १२ अर्ब ६ करोड रुपैयाँ छ । जगेडा कोष तथा बचतमा ४१ अर्ब ३९ करोड छ । कोषको जम्मा कोष तथा जगेडामा ५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ छ ।

सञ्चयकर्ताले कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँछन् । कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.