काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले भोलि (कात्तिक २७ गते)देखि भैरहवा-पोखरा-भैरहवा उडान सुरु गर्ने भएको छ । हाल यस रुटमा बुद्ध एयरले मात्रै उडान गर्दै आएकोमा अब यतीले पनि सेवा दिने भएको हो ।
यती एयरलाइन्सका अनुसार भैरहवबाट पोखरका लागि जहाज ११ः०५ बजे उड्ने छ भने पोखराबाट भैरहवाको उडान समय ११:४५ बजे रहेको छ ।
पोखरा-भैरहवा रुटको एकतर्फी हवाई भाडा २ हजार ५०० रुपैयाँ (सीमित सिटका लागि मात्र) कायम गरिएको एयरलाइन्सले जनाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा र्पुयाउने उद्देश्यले भैरहवा-पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ ।
कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती गरिएपछि अहिले भैरहवा विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । त्यसैलाई मध्ये नजर गर्दै यतीले पोखराबाट भैरहवा उडान सुरु गर्न लागेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।