add

लगातार गिरावटपछि नेप्सेमा आयो हरियाली, यी ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२५ कार्तिक, २०८१

|
248

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आज बजार खुलेदेखि लगातार उकालो लागेको नेप्सेले हाफ सेञ्चुरीको छलाङ हानेको हो ।

आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ बिन्दुमा पुगेको छ । आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम झण्डै दोब्बरले बढेर ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, फाइनानस, लगानी, जीवन बीमा र उत्पादनमूलक समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सानिमा जीआइसी इन्स्योरेनसको सर्वाधिक ३८ करोड ४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, समृद्धि फाइनान्सको ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त, श्रृजनशील लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक र समृद्धि फाइनान्सका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।

समाज लघुवित्तका सेयरधनीले भने सर्वाधिक ४.८६ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.