add

जापान काण्ड: पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति






ActPro Nepal

|

२५ कार्तिक, २०८१

|
71

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई काठमाडाैं प्रहरीले आइतबारै अदालतमा उपस्थित गराएकाे छ। 

बिहान विराटनगरबाट पक्राउ परेका अधिकारीलाई हवाईमार्गबाट काठमाडाैं ल्याइ आइतबार नै अदालतमा उपस्थित गराइएको हो। अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाटै पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

यसै कसूरमा प्रकाउ परेका अन्य ६ जनालाई पनि अदालतले अनुसन्धान गर्न प्रहरीलाई दुई दिनको समय दिएकाे छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.