add

रास्वपाले भन्यो,राजनीतिक प्रतिशोध साँध्न सभापतिलाई पक्राउ गरिएको हो






ActPro Nepal

|

८ कार्तिक, २०८१

|
144

काठमाडौं । सहकारी  प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

हिजो अवेरसम्ममा पनि बहस नसकिएपछि प्रहरीले म्याद थपका लागि लामिछानेलाई अदालतमा पेश गरेको हो। 

रास्वपा समर्थक र सहकारी पीडितको भिडबाट जोगाउन प्रहरीले कार्यालय खुले लगत्तै लामिछानेलाई अदालतमा उपस्थित गराएको हो।सोही मुद्दामा पक्राउ परेका पूर्व एआईजी छविलाल जोशीलाई पनि कास्की अदालत लगिएको छ।रुपन्देहीमा बयान सकिएपछि जोशीलाई पोखरा ल्याइएको  थियो। जोशी गत असोज ६ गते पक्राउ परेका थिए।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की अदालतले गत आइतबार दिएको ६ दिनको म्याद आज सकिएको छ।बुधबार अबेरसम्म पनि लामिछानेको बयान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागि अदालतबाट अनुमति लिन लागेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए।रास्वपा समर्थकले भने बयान विलम्व गरेर म्याद थपको नियत राखेको आरोप लगाएका छन्।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया प्रालि मार्फत अबैधरुपमा  खर्च गरेको भन्दै रविमाथि अनुसन्धान थालिएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.