add

विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता नगर्ने डा महतको तर्क, पूर्वाधारमा विशेष प्राथमिकता






ActPro Nepal

|

७ कार्तिक, २०८१

|
372

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताएका छन् । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको शुभारम्भ गर्दै विकास निर्माणका लागि कुनै सम्झौता नहुने बताएका हुन् ।

उक्त सडक निर्माणको ठेकेदार कम्पनीलाई सुझाव दिँदै उनले तोकिएको मितिमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न आग्रह गरेका छन् । पूर्व अर्थमन्त्री डा. महतले सडक पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमा दिन र अन्ट–सन्ट नगर्न पनि आग्रह गरे ।

डा. महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्न नसकेकोप्रति इंगित गर्दै भने, वर्षमान पुन जी अर्थमन्त्री र हितबहादुर जी पर्यटन मन्त्री बन्नुभयो, तर उहाँहरुले नुवाकोटका लागि कहाँ बजेट राख्नुभयो त जानकारी पाउन पाए हुन्थ्यो ?’

नेता महतले काम गर्न नसक्ने ठाउँमा पुग्दा समेत नगर्ने, तर आफूले गरेको भनेर धाक लगाउने गरेको भन्दै जनतालाई भुक्याएर राजनीति नगर्न पनि चेतावनी दिए ।

डा. महतले कांग्रेसका नेता कार्यकर्तालाई कांग्रेसले गरेको कामलाई सकारात्मक रुपमा प्रचार गर्न पनि निर्देशन दिए । उनले राजनीतिक दल जनताको सेवा गर्ने साधक मात्र भएको भन्दै पार्टी लाई नै सेवा गर्नुपर्ने भयो भने त्यो पार्टी हुन नसक्नेपनि उल्लेख गरे ।

उक्त सडक स्तरोन्नतीका लागि डा. महतकै पहलमा संघीय सरकारको अनुदान प्राप्त भएकाले कालोपत्रे गर्ने काम सुरु भएको आयोजकले बताएको छ । एक वर्षभित्र सडक स्तरोन्नतीको काम सम्पन्न गर्नेगरि ठेक्का प्रक्रियामा सम्झौता भएको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.