add

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा बस्दै,यस्ता छन् एजेण्डा






ActPro Nepal

|

७ कार्तिक, २०८१

|
104

काठमाडौं । सत्ता साझेदार दलको बैठक बस्दैछ। बैठक अहिले केहीबेरमा बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा सरकारको एकसय दिनको कामकाे समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्याधेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने सम्भावना छ। 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

बैठकमा सरकारले सय दिनमा गरेका काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ। सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रधानमन्त्री ओलीले सहयात्री दलहरुलाई बैठकमा बोलाएका हुन्।  

सरकारले एक सय दिनसम्म पनि उपलब्धिमूलक काम गर्न नसकेको तर प्रतिपक्षीलाई फुटाउने र पेल्ने रणनीतिमा मात्रै केन्द्रित रहेको भन्दै विपक्षी दल आक्रोशित हुँदै आएका छन्।  

यसैवीच प्रधानमन्त्री ओलीले दिउसो साढे २ बजे सिंहदरबारमा आफ्नो सयदिने उपलब्धी सार्वजनिक गर्दैछन्।  

सबै मन्त्रीहरूले आ–आफ्नो प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.