add

असाेज १ गते बिहीवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१ कार्तिक, २०८१

|
1177

आजको पञ्चाङ्ग

काठमाडौं । १ कार्तिक २०८१ | बिहीवार १७-अक्टोबर २०२४। आश्विन शुक्लपक्ष पूर्णिमा तिथि, १७ः२३ बजेपछि प्रतिपदा। रेवती नक्षत्र, १७ः४३ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १७ः४३ बजेपछि मेष।

आजको राशिफल

मेष : दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। तपाईंको पक्षमा न्याय हुनेछ। शत्रुमाथि विजय प्राप्त गर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बनने योग छ।

वृष : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परोपकारमा सहभागी हुँदा राम्रो हुनेछ। वैदेशिक क्षेत्रको रमझमले तपाईंको मन तान्नेछ। परिवारमा महत्त्वकांक्षी विचार राखेमा धोका हुने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

मिथुन : ठट्टा गर्ने बानीले साथीलाई घात पर्ने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो क्षेत्रको लगानीबाट नाफा कमाउने योग छ। विरोधीसँग सचेत बन्नु राम्रो हुन्छ। विरोधका आवाज सुन्नुपर्ने जोखिम देखिन्छ।

कर्कट : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। सरकारी स्वामित्व भन्दा निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको व्यापारबाट ठुलो नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। बन्धुको सहयोग मिल्नेछ। सप्तम भावमा शनिदेव पुगेकाले परिवारमा खटपटठी हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

कन्या : समय राम्रो छ। लगानीमा सन्तोष मिल्नेछ। राजनीतिक संगठनको बलमा ठुलाठुला काम गरेमा फाइदा होला। परिवारमा घुमघामको योजना बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम देखिन्छ। तपाईंले आज इज्जतको ख्याल गर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : शुभग्रहको बहुमत छ। दैनिकी सहज बन्ने देखिन्छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछन्। बौद्धिक क्षेत्रमा परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ।

धनु : साना कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ। तनावले निन्द्रा नलाग्ने हुनसक्छ । परिवारमाथि पूर्ण विश्वास गरेमा धोका हुने जोखिम छ। स्वादेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

मकर : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मनलाई अशान्त बनाउन सक्छ। अन्त्य साढेसाती दशाको केही अंश बाँकी रहेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। बन्धुको साथ लिएर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। रोगविरुद्ध विजयी प्राप्त हुनेछ।

कुम्भ : बोली र व्यवहार फरक देखिनसक्छ। मध्य साढेसाती दशा चले पनि धनआर्जन हुनेछ। शिक्षाको क्षेत्रमा जोस बढ्नेछ। निजी क्षेत्रमा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले तपाईंको बोलीमा राम्राराम्रा शब्द सार्वजनिक हुनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.