काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको लागि विभिन्न सीप विकास तालिम प्रदान गरेको छ ।
कम्पनीले गत भदौमा ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा सिटिजन लाइफका प्रधान कार्यालयका कर्मचारीहरूका लागि व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त तालिममा ६० भन्दा बढी कम्पनीका कर्मचारीहरूले प्रशिक्षण प्राप्त गरेका छन् । कार्यक्रममा मुख्य गरी समय व्यवस्थापन, नेतृत्व, संचार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धि लगायत अन्य व्यक्तित्व विकासकालागि महत्वपूर्ण विषयहरूमा तालिम प्रदान गरिएको थियो ।
यसै कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दीप बहादुर बिसीद्वारा उपस्थित कर्मचारीहरूलाई प्रेरणागत रुपमा आगाडि बढ्नका लागि राणानीतिहरू सिकाए ।
कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सबै सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरे । उनले आगामी दिनमा यस किसिमका तालिममा सिकेका कुराहरूले अझै मद्दत पुग्ने आशा व्यक्त गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।