add

टेबलटेनिस लिग सिजन–२ को उपाधि पुलिसलाई






ActPro Nepal

|

१३ असोज, २०८१

|
108

काठमाडौँ ।  नेपाल पुलिस क्लब स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ मा शनिबार च्याम्पियन भएको छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा पुलिसले आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले हराउँदै उपाधि उचाल्यो। 

लिगमा समान दुई पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी पाँच स्पर्धा भएका थिए। पुलिसले चार स्पर्धाबाटै जितका लागि आवश्यक आठ अंक बटुल्यो। पुलिस साविक उपविजेता र स्ट्याग तेस्रो भएको टोली हुन्।

डिफेन्डिङ च्याम्पियन एभिएम टेबलटेनिस क्लब भने यसपल्ट सहभागी भएन। पहिलो पुरुष सिंगल्समा स्ट्यागका हमर साङ्गाले पुलिसका वंश सिंघललाई ११–९, ५–११ र ११–९ को सेटमा हराए।

यससँगै स्ट्यागले २–१ को अग्रता लियो। तर, महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११–६, ५–११ र ११–६ ले हराएपछि समग्रमा ३–३ को बराबरी भयो। मिक्स डबल्समा पुलिसकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको जोडीलाई १०–११, ११–९ र ११–१ ले हराए। खेलमा पुलिसले ५–४ ले अग्रता बनायो। पुरुष सिंगल्समा पुलिसका संयोगको प्रदर्शन नै निर्णायक बन्यो। संयोगले स्ट्यागका गनञ्जयलाई ३–० को सोझो सेटमा पन्छ्याए।

यो जितसँगै पुलिसले स्ट्यागलाई ८–४ ले हरायो। संयोग ११–७, ११–४ र ११–९ ले विजयी भए। त्यसपछि पुलिस नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय महिला सिंगल्सको खेल आवश्यक भएन। 

उपाधिसँगै पुलिसले दुई लाख र स्ट्यागले एक लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो। एपिएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस तेस्रो भए। दुवैले समान ५० हजार नगद पुरस्कार पाए। शीर्ष तीन स्थान हात पार्ने टोलीमध्ये एपिएफमा मात्र विदेश खेलाडी थिएनन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.