काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार छैटौं दिन नयाँ रेकर्ड बनाएको छ । यससाता आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अमेरिकी केन्द्री बैंकले ब्याजदर कटौती गरेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ६८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।