काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा आएको छ ।
कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म बिक्रीमा ल्याएको ९९ लाख कित्ता हकप्रद सेयर मध्ये अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
कम्पनीको लिलामी सेयरमा असोज १४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ नघटाई बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक काम नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । साथै, नबिल बैंकको रंगेलीरोड (विराटनगर), भानुचोक (जनकपुर), सूर्यविनायक (भक्तपुर), सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।