add

सन नेपाल लाइफका दुई नयाँ बीमा योजना सार्वजनिक






ActPro Nepal

|

७ असोज, २०८१

|
168

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा सन लाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

सन लाइफ मेडिकेयर बीमा योजना आपत्कालीन अवस्थामा औषधि उपचार गर्न सहज होस् भन्ने उद्देश्यले ल्याइएको हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलो पटक सन नेपालले सुरु गरेको कम्पनीले जनाएको छ ।

यस बीमा योजनामा अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । उक्त योजनाअन्तर्गत आपत्कालीन उपचार गर्दा यसबाट आमनेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा कम्पनीको रहेको छ।

त्यस्तै, सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ । त्यस्तै, बीमितलाई बीमा अवधिसम्म बीमांक रकमको २ प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले व्यहोर्ने आकर्षक विशेषता पनि रहेको कम्पनीले जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेका छन् ।

सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सत्कर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरू सम्पन्न गरेको छ । ७ सत्कर्म अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ-मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला र शैक्षिक सामग्री वितरण गरेको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.