add

प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?






ActPro Nepal

|

६ असोज, २०८१

|
243

काठमाडौं ।  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। 

असोज ४ गते अमेरिका पुगेका प्रधानमन्त्री शर्मा ओलीले शनिबार साँझ संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसँग भेटवार्ता गरेका छन्।   

त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका लागि प्रतिनिधिसमेत रहनुभएका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेकी छिन्।

आजै ‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसंघको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दै छन्। 

यसैगरी भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल–खालेद अल–हमद अल–मुबारक अल–सबाहसँग द्विपक्षीय बैठक हुनेछ।

आजै प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ। उनीहरुको भेटलाई महत्वका साथ हेरिएको छ।

गत असार ३० गते प्रधानमन्त्रीमा  नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ। 

आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् भने सोही अवसरमा आयोजित रात्रिभोजमा सरिक हुनुहुनेछ तालिका छ। 

सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड–फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ। सोमबार नै उनले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने र नेपाली विद्यार्थीसँग अन्तरक्रिया गर्नेछन्।

मंगलबार बिहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनेछन्।। दिउँसो नेपालको स्थायी नियोगको कार्यालयमा ओली र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुने कर्याक्रम छ।

मंगलबार नै प्रधानमन्त्री ओली र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिचेल, सामोअका प्रधानमन्त्री फिमे नाओमी तथा फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता हुने तालिका छ।

बुधबार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ। उनले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन्।

बिहीबार प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री तथा लाओसका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ। बिहीबार नै प्रधानमन्त्री ओली र  महासभाका अध्यक्ष फिलिमेन याङबीच भेट हुनेछ। त्यसपछि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासभामा विशेष सम्बोधन गर्ने तालिका छ।

असोज ११ गते शुक्रबार प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ। त्यसैगरी उनी वासिङ्टनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।   

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने तालिका छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.