add

सरकारले २ महिनामै उठायो ९५ अर्ब आन्तरिक ऋण






ActPro Nepal

|

१ असोज, २०८१

|
220

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन-भदौ)मा ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस अवधिमा ट्रेजरी बिल्स मार्फत २५ अर्ब र विकास ऋणपत्र मार्फत ७० अर्ब आन्तरिक ऋण उठाइएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र ब्याजदर समेत सस्तिएको मौका छोपी सरकारले धमाधम आन्तरिक ऋण उठाएको हो ।

सरकारले चालु आवमा ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमा पहिलो त्रैमास (असोजसम्म) मात्रै १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक उठाउने सरकारको तालिका छ । यस अनुसार सरकारले असोज महिनामा थप २० अर्ब आन्तरिक ऋण उठाउने छ ।

यस्तै, सरकराले दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड, तेस्रोमा ७३ अर्ब र चौथो त्रैमासमा ७५ अर्ब ५० करोड आन्तरिक ऋण उठाउने कार्यतालिका बनाएको छ ।

आन्तरिक ऋण संकलनका लागि सरकारले अल्पकालीन (१ वर्षभन्दा कम अवधिका), मध्यमकालीन (१-५ वर्षसम्म) र दीर्घकालीन ५ वर्षभन्दा बढी अवधिका विभिन्न उपकरणहरु जारी गर्छ ।

सार्वजनिक ऋण गत साउन मसान्तसम्म २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.