काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा कारोबार सुरु गरेको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बिमालेख खरिद गर्ने करिब ७० लाख बिमित, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजर नियमनकारी निकायहरू, लगानीकर्ता, कर्मचारीलगायत सरोकारवालाहरूप्रति आभार व्यक्त गरेको छ।
हालसम्मको उपलब्धिबाट थप कार्य गर्नका लागि ऊर्जा प्राप्त भएको जनाउँदै कम्पनीले भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्न प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा राखेको जनाएको छ। आठौँ वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले विज्ञप्तिमार्फत आगामी दिनमा सेवालाई उच्च प्राथमिकतामा राखी थप ग्राहकमैत्री उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सो अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरूसमेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बिमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरू गरी सातौँ वार्षिकाेत्सव भव्यताका साथ सम्पन्न गरेको छ।
दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षरोपण, विभिन्न शाखाहरूद्वारा विद्यालयहरूलाई शैक्षिक सामग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामग्रीहरू वितरण तथा सरसफाइसमेत गरिएको कम्पनीले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।