मासिक ४३४ रुपैयाँमै कारो आइपीटीभी






ActPro Nepal

|

१९ भदौ, २०८१

|
53

काठमाडौं । नेपालमा भरपर्दो इन्टरनेट र उच्च(गुणस्तरको टीभी सेवाहरूको माग बढ्दै गएकाले उपभोक्ताहरूले आफ्नो मनोरञ्जन र कनेक्टिभिटी आवश्यकताहरू पूरा गर्न उत्कृष्ट मूल्यमा सुविधाहरू खोजिरहेका छन्।

यहाँ टीभी र इन्टरनेट दुवैको लागि धेरै सेवा प्रदायकहरू छन् तर जब मूल्यको कुरा आउँछ, तीमध्ये धेरैजसो उच्च मूल्य र इन्स्टलेसन् चार्ज सँग ट्याग गरिएका हुन्छन् । यसका कारण बजेट–अनुकूल तर राम्रो पफर्मेन्स दिने इन्टरनेट टीभी वा केवल इन्टरनेट खोज्नु झन्झटिलो बनेको छ । यहाँ हामीले आइपीटीभीको बारेमा जानकारी दिएका छौं ।

आइपी टीभी वा डिजिटल टेलिभिजन भनेको के हो ?

डिजिटल टीभी वा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टीभी) भनेको इन्टरनेट मार्फत भिडियो कन्टेन्ट र टीभी च्यानलहरू प्रसारण गर्ने टेक्नोलोजी हो। टीभीमा हेरिने कन्टेन्ट इन्टरनेट मार्फत प्रसारण वा डेलिभर हुने भएकाले यसलाई इन्टरनेट टीभी वा डिजिटल टीभी भनिन्छ।

इन्टरनेट टीभी हाम्रो घर र कार्यालयमा आरामसाथ टीभीको आनन्द लिन नयाँ तरीका हो। यसबाहेक, दर्शकहरूले होम टीभी, सिम टीभी, भिया टीभी, डिश टीभी, नेट टीभी लगायतका सेवाहरू प्रयोग गरी टीभीको वास्तविकतामा पनि रमाइरहेका छन्।

नेपालमा कुन इन्टरनेट र टीभी प्याकेज उत्कृष्ट छ ?

योजना वा प्याकेजहरूको विविधता, सेवाको गुणस्तर, ग्राहक समर्थन, मूल्य दायरा र कभरेज क्षेत्रको हिसाबले तुलना गर्दा, क्यारो टीभी नेपाल उत्कृष्ट विकल्पको रूपमा अगाडि आउँछ। २०७८ मा स्थापना भएको क्यारो टीभी नेपाल छोटो समयमा नै देशको सबैभन्दा ठूलो आईपीटीभी र इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ।

आफ्नो चौथो वर्षमा प्रवेश गर्दा क्यारो टीभीले नेपालले लगभग सबै जिल्लाका प्रमुख शहरहरूमा आफ्नो सेवा सफलतापूर्वक विस्तार गरेको छ, जसले अभूतपूर्व कभरेज र सेवा गुणस्तर प्रदान गरेको छ ।

क्यारो टीभी नेपालसँग उत्तरदायी र सहयोगी समर्थन टोली रहेको छ, जसले २४/७ उत्कृष्ट ग्राहक समर्थन र सक्रिय सेवा वितरण सुनिश्चित गर्दछ। बजेट-अनुकूल ५० एमबीपीएस प्लस आइपी टीभी प्याकेजदेखि हाई–परफर्मेन्स ३०० एमबीपीएस प्लस आइपी टीभी प्याकेजसम्म, क्यारो टीभी नेपालले प्रत्येक आवश्यकता र बजेटका लागि उपयुक्त विकल्प उपलब्ध गराउँछ।

त्यसैगरी, क्यारो टीभी नेपालले गूगल, नेटफ्लिक्स जस्ता ओटीटी प्लेटफर्महरूलाई पनि समावेश गरेको छ, जसले उत्कृष्ट स्ट्रिमिङका लागि सीडीएन होस्ट गरिएको सर्भरहरू प्रयोग गर्छ।

‘एला कार्टे’ मूल्य निर्धारण प्रणाली

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार, प्रिमियम च्यानलहरूको सदस्यताको मासिक शुल्क प्रति ग्राहक रु. ४५० तोकिएको छ। सोही सन्दर्भमा, स्ट्यान्डर्ड च्यानलहरूको मासिक शुल्क प्रति उपभोक्ता रु. २५० छ। तर, क्यारो टीभी नेपालले आफ्ना प्रयोगकर्ताहरूलाई मासिक रु. २५० मा २०० भन्दा बढी प्रिमियम एचडी च्यानलहरू प्रदान गरिरहेको छ।

क्यारो टीभी नेपालले स्टार, जी, सोनी, कलर्स, डिस्कभरी लगायतका प्रिमियम टीभी च्यानलहरू सबैभन्दा कम मूल्यमा उपलब्ध गराइरहेको छ। यी प्रिमियम टीभी च्यानलहरूसँगै उच्च गुणस्तरका निःशुल्क फ्री टु एयर च्यानलहरू जस्तै नेपाल टेलिभिजन, कान्तिपुर, ग्लोबल टेलिभिजन इत्यादि पनि प्रदान गरिन्छ। एफटीए च्यानलहरूलाई कुनै सदस्यता आवश्यक पर्दैन र जुनै पनि घरधुरीमा खुला रूपमा प्रशारण गर्न सकिन्छ।

नेपालकै उत्कृष्ट टीभी र इन्टरनेट प्रदायक : क्यारो टीभी नेपाल

क्यारो टीभी नेपाल आफ्नो व्यापक आईपीटीभी सेवाका लागि प्रख्यात छ । जसमा समाचार, खेलकुद, एड्भेन्चर, मनोरञ्जन, संगीत इत्यादिका लागि २०० भन्दा बढी एचडी र एसडी टीभी च्यानलहरू समावेश छन्। प्रयोगकर्ताहरूलको लागि रोचक शो र फिल्महरू हेर्दा ुपज र प्लेु, ‘फास्ट-फर्वार्ड’आदि सुविधाहरू पनि उपयोग गर्न सक्ने सुविधा रहेको छ।

यसका साथै, क्यारो टीभी नेपालले स्मार्ट एन्ड्रोइड सेट–टप बक्स पनि प्रदान गर्दछ, जसले पुराना टीभीहरूलाई स्मार्ट टीभीमा रूपान्तरण गर्छ। साथै, सिंगल ब्यान्ड राउटरदेखि डुअल ब्यान्ड वाई÷फाई ६ राउटरसम्मका विकल्पहरू पनि उपलब्ध गराएको छन्। वाइफाइ ६ हालको सबैभन्दा नयाँ वायरलेस स्ट्यान्डर्ड हो, जसले नेटवर्कमा सुधार गरी इन्टरनेट कनेक्सनलाई अझ स्थिर र व्यापक रूपमा उपलब्ध गराउँछ।

टीभी प्लस इन्टरनेट प्याकेजहरू

क्यारो टीभी नेपालले विविध आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका विभिन्न प्याकेजहरू प्रदान गरेको छ । कम्पनीले ५० एमबीपीएसकको आइपीटीभीकोे मासिक ४३४ रुपैयाँ, ७५ एमबीपीएसको ५१६ रुपैयाँ, १२५ एमबीपीएसको ५५२ रुपैयाँ, २०० एमबीपीएस ८४१ रुपैयाँ र ३०० एमबीपीएसको १०५७ रुपैयँँमा उपलब्ध गराउने छ ।

माथि उल्लेखित मूल्यहरूमा कर र भ्याट समावेश गरिएको छैन। सेट टप बक्सको लागि रु ५०० र राउटरको लागि रु ५०० जमानत रकम छुट्टै हुनेछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.