add

महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन : मन्त्री साह






ActPro Nepal

|

१८ भदौ, २०८१

|
114

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन्।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बीचको खाडल पुर्नेगरी काम गरिरहेको बताए। 

‘महिला र पुरुषको बिचमा खाडल हुने अवस्था छैन । मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरु गम्भिरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरुसँग समन्वय गरेर हामी आफ्नो समस्याहरुलाई निदान गर्ने र महिलाहरुको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो,’ उनले भने।

लैंगिक समानताको अधिकार कै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुको प्रगति भएको मन्त्री साहको भनाइ छ। 

नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले जनचेतना फैल्याउँदै यसको अन्त्य गर्नुपर्ने बताए। 

‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो। नेपालमा पुरुष मात्र  काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ,’ उनले भने, ‘त्यो अवस्था अब हुँदैन। अब विस्तारै चेतनाको विकास भइरहेको छ। महिला र पुरष मिलेर काम गर्ने हो भने हाम्रो देशबाट पनि छिट्टै गरिबी हट्छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.