भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रै गेटबाट निकाल्छु : अध्यक्ष दाहाल






ActPro Nepal

|

१७ भदौ, २०८१

|
53

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बोर्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन्।

भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्रै गेटबाट बाहिर निकाल्ने बताए। सोमबार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उनले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताए।

उनले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तर्वार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तर्वार्ता दिने बताए। उनले सात दिनभित्र आफ्ना कार्ययोजना प्रश्तुत गर्ने पनि बताए।

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महशुस गर्ने विश्वास व्यक्त गरे। कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाईको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताए। कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गरे। चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताए।

कलाकार जितु नेपालले उपस्थित अन्य कलाकारहरुले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिए। साथै चलचित्र क्षेत्रले नयाँ परिवर्तन महशुस हुनेगरी काम गर्न सुझाव दिएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.