add

माछापुच्छ्रे बैंकका कार्ड होल्डरले बिगमार्टमा २०० रुपैयाँ क्यासब्याक पाउने






ActPro Nepal

|

१६ भदौ, २०८१

|
108

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्राइभेट लिमिटेड (बिगमार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

सम्झौतापछि देश भरि रहेका बिग मार्टका आउटलेटहरूबाट माछापुच्छ्रे बैंकका ग्राहकहरूले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरू प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरू पाउनेछन् ।

बैंकका ग्राहकले हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने छ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका ३०० भन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरू लाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ सेवा, २०० एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.